१४ मङ्सिर २०८०, बिहीवार

दुवै रुकुमको जिससमा माओवादी केन्द्र निर्विरोध

२०७४,आश्विन,८,आईतवार ०८:४५

9
Shares

रुकुम, ८ असोज ।रुकुम र पूर्वी रुकुममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भएका छन ।दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित नौ नौ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले (माओवादी केन्द्र)का उमेदवारहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।पूर्वी रुकुम जिसस प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भीमकुमारी पुन तथा सदस्यमा दयालसिंह पुन, धनीमान बुढा, महेन्द्र मल्ल, जनक विक, आस्था विक, विष्णु नेपाली र रीता विक निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस्तै पश्चिम रुकुम जिसस प्रमुखमा राजकुमार शर्मा र उपप्रमुखमा इन्दिरा बीएम तथा सदस्यमा धनवीर ओली, अमृत बोहरा, टेकबहादुर ओली, विष्णु सुनार, निर्मला रसाइली, नउम घर्ती र चिमेली सुनार निर्विरोध भएको पश्चिम रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,८,आईतवार ०८:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु  भएको छ । यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन -कोप–२८_ मा भाग लिन दुबई पुगेका

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१