काठमाडौं । विभिन्न सीमावर्ती क्षेत्रमा भईरहेको विवादका बीच चीनले तिब्बतमा युद्धाभ्यास गरेको छ ।
चीनका सेनाले युद्धाभ्यासमा तोपबाट बम वर्षाएको र रकेट फोर्सले पनि लाइभ फायर ड्रिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो युद्धाभ्यास पछि भारतमा पनि खैलाबैला मच्चिएको छ । १५ हजार फूट उचाईमा चीनले आफ्नो युद्धाभ्यास गरेको हो । तर यो कुन ठाउँमा हो भन्ने कुरा स्पष्ट भईसकेको छैन ।
रिपोर्टका अनुसार चीनले युद्धाभ्यासमा युद्धक हतियारको पनि परीक्षण गरेको थियो । चिनियाँ सेना विहान ४ बजे एकत्रित भएर त्यहाँ युद्धाभ्यास गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया