कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय रहेको छ ।

कुल संक्रमित मध्ये ६१.२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति संक्रमण मुक्त ?

प्रदेश १ मा ११४४ जना

प्रदेश २ मा ३७९३ जना

वाग्मती प्रदेश ७२४ जना

गण्डकी प्रदेशमा १५६८ जना

प्रदेश ५ मा ४२९० जना

कर्णाली प्रदेशमा १९६१ जना

सुदूरपश्चिम प्रदेशमा ४२२० जना

 

नेपालमा आज (बुधवार) थप ६८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १२० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?