जनकपुरमा महानगरमा राजपा विजयी, २५ वडामा को–को ?

जनकपुरधाम, ८ असोज ।जनकपुर उपमहानगरपालिकामा राजपा बिजयी भएको छ । राजपाका लाल किशोर साह २१९०३ मतका साथ विजयी भएका हुन् । यस्तै उपमेयरमा राजपाकै रिता कुमारी मिश्र बिजयी भइन् । उपमेयर मिश्रले १७१४७ प्राप्त गरिन् ।यस्तै निकतटम प्रतिद्धन्द्धी कांग्रेसका मेयर उम्मेदवार मनोज कुमार साह सुडीले १११६४ मत ल्याए भने उपमेयरका उम्मेदवार निलम देवी कर्णले १०६०५ प्राप्त गरिन् ।त्यस्तै एमालेका मेयरका उम्मेदवार लक्ष्मीनारायण भगतले ४८६५ मत र उपमेयरका उम्मेदवार पुन कुमारी मिश्र ४९७२ मत प्राप्त गरेका छन् ।वडातर्फ वडा नम्बर १ मा राजपामा शत्रुधन साह ७५३, वडा नम्बर २ मा स्वतंत्रका शिवकुमार साह २५२, वडा नम्बर ३ मा राजपाका दीपेन्द्र दसाह २२७ मतका साथ विजयी भए ।यस्तै वडा नम्बर ४ मा राजपाका सुदर्शन सिंह १५४१, वडा नम्बर ५ मा कांग्रेसका मनोज साह १५९,वडा नम्बर ६ मा राजपा का जगरनाथ साह ५४१, वडा नम्बर ७ मा राजपाका जानकीराम साह ८३४, वडा नम्बर ८ मा राजपाका रमेश ठाकुर ६३४ र वडा नम्बर ९ मा कांग्रेसमा परमेश्वर साह ४५१ मतका साथ अध्यक्षमा विजयी भए ।यसैगरी वडा नम्बर १० मा कांग्रेसका मिथिलेश कुमार कर्ण ४३३, वडा नम्बर ११ मा राजपा का रामचन्द्र साह ६५५, वडा नम्बर १२ मा कांग्रेसका शत्रुधन यादव ३६१, वडा नम्बर १३ मा एमालेका शुभनारायण मण्डल ५८७, वडा नम्बर १४ मा राजपामा पूण्यप्रताप यादव ७३९, वडा नम्बर १५ मा कांग्रेसमा अशोक चौधरी ६२८, वडा नम्बर १६ मा राजपाका रामअशिष पजियार १०४६, वडा नम्बर १७ मा संसफोरमका परमेश्वर यादव ९८३, वडा नम्बर १८मा संसफोरमका रामाशंकर पासवान ७८९ र वडा नम्बर १९ मा ससफोरमका जगदिश यादव विजयी भए ।यस्तै वडा नम्बर २० मा राजपाका भोगेन्द्र झा, वडा नम्बर २१ मा एमाले का रामेश्वर महासेठ ८८६, वडा नम्बर २२ मा राजपा का शिवरत्न पाण्डे ४९१, वडा नम्बर २३ मा कांग्रेसका शत्रुधन पाण्डे ९२३, वडा नम्बर २४ मा राजपाका सत्यनरायण साह ८५४र वडा नम्बर २५ मा कांग्रेसका उमेश यादव ७४१ विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?