‘दिल कमाल भो’ मा पल र बर्षाको रोमान्स

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री बर्षा राउतको रोमान्स रहेको गीत ‘दिल कमाल भो’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा स्वर रमेश बानियाको रहेको छ ।

रोमान्टीक शैलीको गीतको म्युजिक भिडियो पनि त्यस्तै बनाइएको छ ।  राजिव समरको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र बर्षाको जोडी सुहाएको छ ।

सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारीको छायाँकन रहेको गीतमा बिहानी आर्टले बाहिर ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?