काठमाडौं, १९ फागुन । सरकारी कागज किर्ते गरेको अभियोगमा फरार अभियुक्तको सूचीमा रहेका सांसद तथा पूर्व डिआईजी नवराज सिलवाल संसद भवन नयाँ वानेश्वरमा भएको संयुक्त प्रशिक्षणमा सहभागी भएका छन् । केही समयअघि गोप्य स्थानमा रहेका सिलवाल केपी ओली प्रधानमन्त्री बनेपछि बाहिर देखिन थालेका हुन् । उनीमाथि प्रहरी कर्मचारीको अति गोप्य रहने कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोग लागेको छ । गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालाई पक्राउ गरेर उपस्थित गराईदिन ललिपुर प्रहरीलाई पत्राचार गरेको थियो । त्यसलगत्तै उनी मलेसिया पुगेका थिए । सिलवाललाई ललितपुर प्रहरीले पक्राउ गर्न नसकेपछि माघ ३ गते प्रहरीको अपराध अनुसन्धान विभागले देशभरका प्रहरी यूनिटलाई ‘सिलवाललाई पक्राउ’ गर्न पत्राचार गरेको थियो । केही समयपछि इन्टरपोलसम्म पनि खबर गरियो । तर शनिबार उनी आफैलाई खोज्न लागिपरेको प्रहरीकै अघिबाट ‘सलाम खाँदै’ संसद भवन छिरेका छन् । सिलवाललाई देखेपछि प्रहरीले पक्राउ गर्नुको साटो ‘जय नेपाल सर’ भन्दै सलाम ठोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया