बार्सिलोनामा उथलपुथल : मेसीको भविष्यमाथि प्रश्न चिन्ह खडा, के बार्सा छोड्दैछन् मेसी ?

काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बायर्न म्यूनिखविरुद्ध लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनामा उथल पुथल मच्चिएको छ ।

आफ्नो टिममा ठूलो परिवर्तन गरेको दाबी गर्दै आएको बार्सिलोना नयाँ कोचको घोषणा गर्ने तयारीमा छ ।

साथै अर्को वर्ष बार्सिलोनालाई नयाँ अध्यक्ष पनि मिल्न सक्नेछ । यसैबीच सबैभन्दा ठूलो कुरा टीम स्टार खेलाडी लियोनेल मेसीलाई अब बार्सीलोनाले आफूसँगै राख्छ वा राख्दैन भन्ने कुरामा अन्योलता छाएको छ ।

एक दशक भन्दा धेरै समय टिमका सबैभन्दा ठूला स्टार रहेका मेसीको बार्सिलोनासँगको अनुबन्ध सन् २०२१ सम्म रहेको छ ।

यस पाली भने उनले क्लवमाथिका आफ्ना असन्तोष व्यक्त गरिरहेका छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप बारटोम्यूले मंगलवार बार्सा टिभीमा भनेका छन्, ‘मैले अहिलेसम्म मेसीसँग कुरा गरेको छैन, तर उनका पितासँग कुरा गरेको छु, बाँकी सबैको जस्तै मेसी पनि यो खेलबाट निराश भएका छन्, यो पीडादायक थियो, तर हामीले आफूलाई सम्हाल्नु पर्नेछ ।’

‘मेसीले यो सत्रमा अन्य सत्रको भन्दा धेरै आफ्नो पक्ष राखेका छन्, साथै उनले टिमको समस्या रक्लबका निर्देशकको खराब फैसलाको बारेमा बोल्दै आएका छन् । उनले अहिले नै टिम छोड्ने फैसला गरेका छैनन् । तर उनले उठाएका कदमले टीमसँगको उनको भविष्यमाथि प्रश्न खडा गरेको छ, जोसेपले भनेका छन् ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?