निवासदेखि आर्यघाटसम्म : राष्ट्रकविको शव यात्रामा जे देखियो (फोटोमा हेर्नुहोस्)

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

बुधबार पशुपति आर्यघाटमा स्वर्गीय घिमिरेको राष्टिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । त्यसबखत घिमिरेलाई नेपाली सेना तथा शसस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए ।

पार्थिव शरिर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो ।

मंगलवार साँझ उनकै निवास लैनचौरमा निधन भएका घिमिरेको पार्थिव शरिरमा माल्र्यापर्ण साथै श्रदाञ्जली दिन हिजैबाट उनको निवासमा भीड लागेको थियो । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, उपप्रधान एवम् रक्षामन्त्री मन्त्री ईश्वर पोखरेल, पूर्व प्रम एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला लगायत श्रदाञ्जली दिन निवास पुगेका थिए ।

१ सय १ वर्षीय राष्ट्रकवि घिमिरेको मंगलवार साँझ ५ ५५ बजे उनकै निवासमा निधन भएको हो ।

फोटोमा हेर्नुहोस्

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?