काठमाडौं । नेपालको झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका मुख्य ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ परेका छन् ।
मंगोल हप अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा आपत्तीजनक शब्दहरु समेत राखिएको थियो । उक्त भिडियो युट्युबमा आउने बित्तिकै त्यसको चौतर्फी विरोध नेतादेखि कलकारसम्मले कारबाहीको माग गरेको थिए ।
राष्ट्रको शान र मान रहेको झण्डामात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द शाह, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको तस्वीर समेत जलाइएको छ । भने बाहुन क्षेत्रीलाई शरणार्थी लगायत आपत्तीजनक शब्दहरुको प्रयोग गरिएको छ ।
म्युजिक भिडियो बनाइ सार्वजनिक गर्ने समुहका ९ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया