माटोको ढिस्कोले पुरिदा २ जनाको मृत्यु

बझाङ, १९ फागुन । माटोको ढिस्कोमा पुरिएर बझाङमा २ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा खप्तडथान्न गाउँपालिका–३ का रत्नदेवी पाध्याय र सुनिता पाध्याय रहेका छन् । शनिबार बिहान माटोको ढिस्कोले पुरिदा उनीहरुको मृत्यु भएपनि कसरी यो घटना हुनपुग्यो भन्नेबारेमा केही खुल्न सकेको छैन घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली त्यतातर्फ गएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?