पाँचथर, १९ फागुन- प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताएका छन गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग कुरा गर्दै मन्त्री आङबोले युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकीकरण गरेर निम्नस्तरका जनताको आर्थिक अवस्थालाई उठाउने किसिमको बजेट आउने स्पष्ट पारे मन्त्री आङबोले प्रदेश–१ को मेरुदण्डको रुपमा रहेको रानी–किमाथाङा सडक र केचना–ओलाङचुङ मार्गलाई पूर्णता दिनुपर्छ भने एकैपटक धेरैजना तत्कालीन जनमुक्ति सेनाले सहादत प्राप्त गरेको पाँचथरको मेहेलबोटेलाई नमूना वस्तीको रुपमा विकास गर्ने निर्णय भइसकेको उनले बताए मन्त्री आङबोले जनयुद्धको समयमा बलिदान गर्नेको परिवारलाई संगठित गर्ने उद्देश्यले आफ्नो पहिलो महिनाको तलब पाँचथरमा शहीद परिवार समाज स्थापनार्थ खर्च गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया