काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् ।
उनको निधनबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको बताएका छन् । राष्ट्रकवि घिमिरेको मंगलवार साँझ १ सय २ उमेरमा उनकै निवास लैनचौरमा निधन भएको हो ।
प्रधानमन्त्री ओलीले दुख व्यक्त गर्दै साहित्य मार्फत उनले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया