म्याग्दी, १९ फागुन – जटिल रोगबाट थलिएका विपन्न म्याग्देलीको उपचारका लागि सहयोग गर्न स्थापित अक्षय कोषमा जापानबाट रु साढे तीन लाख सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको नागोया क्षेत्रीय समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागीले ओमकुमारी शान्ति कोषले रु डेढ करोडको अक्षय कोष स्थापनाका लागि सञ्चालन गरेको अभियानमा उक्त रकम सहयोग गरेका हुन् रु तीन लाख ५० हजार सहयोग गर्ने मोना नागोया क्षेत्रीय समितिलाई संस्थाको संस्थागत संरक्षक प्रदान गरिने संस्थाका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । मोना जापानका वरिष्ठ उपाध्यक्ष तथा एनआरएन जापान नागोया क्षेत्रीय संयोजक दीपक कार्कीले रु एक लाख ११ हजार १११ सहयोग गरेका छन हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएकी बेनपा– ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापित कोषले जटिल रोगबाट बिरामी भएका म्याग्दीका गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ विसं २०७२ मा स्थापित कोषले हालसम्म ५४ जनालाई रु ८० लाखभन्दा बढी उपचारका लागि सहयोग गरेको छ भने अक्षयकोषमा रु ६० लाखभन्दा बढी सहयोगको घोषणा भएको छ । अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले यसअघि कतार र बहराइनमा समेत कार्यक्रम गरिएको थियो । मिर्गाैला, मुटु, अर्बुद, रक्तअर्बुदलगायत जटिल रोगबाट प्रभावित भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया