सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा

म्याग्दी, १९ फागुन – म्याग्दीको धौलागिरि गाउँपालिका– ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएका छन स्थानीयवासी दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले रु दुई लाख ७५ हजार मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई दिए । दलबहादुरले रु ६५ हजार बराबरको छ आना र भिमात्तीले रु दुई लाख १० हजार बराबरको एक रोपनी चार आना जग्गा वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास गरेको भवन निर्माण समितिका अध्यक्ष ओमप्रसाद भण्डारीले बताए गाउँपालिकाको केन्द्र कायम भएको घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि गाउँसभाले चालु आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गा भण्डारीद्वयले वडालाई उपलब्ध गराएका हुन । तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएपछि सार्वजनिक कार्यक्रम, सभा, समारोह, प्रशिक्षण, तालीम, सांस्कृतिक कार्यक्रम गर्न सहज हुने वडाध्यक्ष पुर्म पुनले बताए  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?