काठमाडौं । सरकारले विभिन्न देशका लागि राजदूत नियुक्त गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले ईयू, बेल्जियम, पाकिस्तान र जर्मनीका लागि राजदूत नियुक्त गरेको हो । जसअनुसार ईयू र बेल्जियमका लागि गेहेन्द्र राजभण्डारीलाई नियुक्ती गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
त्यस्तै जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्का र
पाकिस्तानका लागि नेपाली राजदूतमा तापस अधिकारीलाई नियुक्त गरेको प्रवक्ता खतिवडाले जानकारी दिए। उनीहरु तीनै जना परराष्ट्र मन्त्रालयका पदाधिकारी कर्मचारी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया