कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या १७ हजार ५ सय ८० रहेको छ ।
कुल संक्रमित मध्ये ६२.२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति भए संक्रमण मुक्त ?

प्रदेश १ मा १११३ जना

प्रदेश २ मा ३७४२ जना

वाग्मती प्रदेश ७१८ जना

गण्डकी प्रदेशमा १५५० जना

प्रदेश ५ मा ४२८९ जना

कर्णाली प्रदेशमा १९५७ जना

सुदूरपश्चिम प्रदेशमा ४२११ जना

 

नेपालमा आज (मंगलवार) थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?