काठमाडौं । रुसको तर्फबाट कोरोना भाइरसविरुद्धको सफल भ्याक्सीन बनाएको दाबी पछि अब अन्य देशहरुले पनि छिटै नै कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनेको खबर प्रकाशित गर्न सक्नेछन् ।

अबको केहि महिनामै विश्व स्वास्थ्य संगठनले सबैभन्दा धेरै भरोसा गरेको अक्सफोर्डको भ्याक्सीन आउने भएको छ ।

बेलायतका भ्याक्सीन टास्कफोर्सका प्रमुख केट बिंघमले यस वर्षको अन्तिमसम्ममा अक्सफोर्ड यूनिभर्सिटी र जर्मनीका कोरोना भ्याक्सीन बन्न सक्ने बताएकी हुन् ।

केट बिंघमले बेलायतमा करिव एक लाख मानिस ट्रायलमा सहभागी भएको बताएकी छन् ।

केटले स्काई न्यूजसँग कुराकानीका क्रममा धेरै भ्यालेन्टियर्ससँग अपील गर्दै ट्रायलमा सहभागी बन्न अगाडि बढ्न बताएकी हुन् ।

उनले भनिन्, ‘म सोच्छु कि, यो वर्ष नै भ्याक्सीन तयार हुनेछ, दुई भ्याक्सीन क्यान्डिडेटमा क्षमता छ, एक अक्सफोर्ड यूनिभर्सिटीमा बनिरहेको र अर्को जर्मनीको कम्पनी बायोन्टेकको ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया