काठमाडौं । सारा विश्व अहिले कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । यसैबीच एक नयाँ रिपोर्र्टले झनै डरमर्दो बनाएको छ ।

रिसर्चका अनुसार मलेशियामा कोरोनाको यस्तो स्ट्रेन पाइएको छ, जो पहिलाको तुलनामा १० गुणा धेरै खतरनाक छ ।

कोरोना भाइरसको म्यूटेशनबारे पहिला पनि केहि खबर आईसकेका छन् । तर अब भाइरसले जुन रुप लिएको छ, यो सबैभन्दा खतरनाक मानिएको छ ।

यो भन्दा पहिला अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले पनि कोरोना भाइरसको स्वरुपमा केहि परिवर्तन देखिएको र यसले झनै खतरा बनाउने चेतावनी दिएका थिए ।

रिपोर्टसका अनुसार मलेशियामा पाइएको कोरोनाको नयाँ भाइरसमा १० गुणा धेरै खतरनाक रहेको छ । ब्लूमवर्गको एक रिपोर्टका अनुसार मलेशियामा भएको कोरोना भाइरसको म्यूटेशनलाई डी ६१४ जी भनिन्छ ।

मलेशियाका स्वास्थ्य महानिर्देशक डाक्टर नूर हशिम अब्दूल्लाहले कोरोना भाइरसको यो स्ट्रेन यति खतरनाक मानिएको छ कि, अहिलेसम्मका कोरोनाविरुद्धको भ्याक्सीन र शोधलाई बेकार बनाइदिन सक्छ ।

भाइरसको परिवर्तित यो स्वरुप मलेशियामा पाइएको उनले बताएका छन् ।

उनले आफ्नो सोसल मिडिया प्लेटफर्ममा लेखेका छन्, हामीलाई आम मानिसहरुको सहयोग छ, किनभने यो परिवर्तित भाइरसलाई रोक्न सकियोस् ।

रिपोर्टका अनुसार यो म्यूटेशन अहिलेसम्म ४५ जनामा देखिएको छ । साथै तीन उमेर समूहका मानिसमा देखिएको छ । यसको शुरुवात रेष्टुराँका मालिकबाट शुरु भएको थियो ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया