काठमाडौं । कोरोनाको कारण नेपाली कांग्रेस नवलपारासीका जिल्ला उपसभापति सुवास गिरीको मृत्यु भएको छ ।
कोरोना संक्रमणको कारण उपचार गराइरहेका गिरीको मंगलवार निधन भएको हो । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा आफूसँग केहि समय अघि फोटो पोष्ट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनी गत असार २९ गतेको बैठकबाट नवलपुर पश्चिम जिल्लाको कांग्रेस उपसभापति बनेका थिए ।
माफ गर मित्र,तिम्रो लासमा फुलसम्म चढाउन पाइएन,हृदयले श्रद्धाञ्जली !
गत असार २९ मा पश्चिम् नवलपरासीको विवाद समाधानपछि पार्टी केन्द्रीय कार्यालयमा लिइएको तस्वीर l त्यही दिनको बैठकबाट जिल्ला उपसभापति बनाइएका युवा सुवास गिरि (अगाडि हात बांधेर उभिएका)को आज कोरोनाका कारण निधन भएको छ l pic.twitter.com/0KgHDKSJEr
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 18, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया