कोलकातामा ‘मिनी नेपाल’

काठमाडौं, १९ फागुन । ‘नेपाली सीमाभन्दा करिब ७ सय किलोमिटर टाढाको कोलकातामा ‘मिनी नेपाल’ छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, यहाँस्थित विवेकानन्द पार्क रोडले भने अहिले त्यही पहिचान बनाएको छ ।’कोलकातामा छरिएका नेपालीले घरजम मात्र गरेका छैनन्, आफ्नो पहिचान झल्काउने गतिविधिसमेत बढाएका छन् सन् १९९० यता सहरका विभिन्न भागमा छरिएर बसेका नेपाली यसै क्षेत्रमा घरजम गरी बस्न थालेका हुन् । तीनैमध्येका एक हुन्, नारायण हुमागाईं । काभ्रेको धुलिखेल मूल घर भएका उनी करिब ५० वर्षअघि कोलकाता भासिएका थिए एक इन्जिनियरिङ कम्पनीमा कार्यरत हुमागाईंले कोलकाताकै चर्चित सामाजिक अभियन्ताको छवि बनाएका छन् । उनले घर बनाएपछि त्यहीं बसेका अन्य प्रवासी नेपाली पनि आकर्षित भए विस्तारै धेरैले घर बनाउन थाले । अढाई दशकको अवधिमा ३ किलोमिटरको सेरोफेरोमा करिब १ सय ५० जनाले घर बनाइसकेका छन् अहिले विभिन्न पेसा–व्यवसायमा गरी कोलकातामा करिब ३ लाख नेपाली कार्यरत छन् । तीमध्ये अधिकांशले यसै क्षेत्रमा घर बनाउन चाहेको हुमागाईंले बताए ‘परदेशमा जोकोही पनि एक भएर बस्न चाहन्छ,’ उनले भने,‘हामी प्रवासी नेपाली पनि यहाँ एकै थलोमा बसेर सामूहिक एकताको भावनामा बाँधिएका छौं ।’ कान्तिपुरमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?