टीभीएसको ‘एटीआर २०० फोर भी’ बाइक सोमबार नेपालमा लाइभ स्मार्टमार्फत सार्वजनिक हुँदै

काठमाडौं । जगदम्बा मोटर्सले अपाचे एटीआर २०० फोर भीको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । नेपालका लागि टीभीएसको सवारी साधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सोमवार अपाचे एटीआर २०० फोर भी नयाँ संस्करण सार्वजनिक गर्न लागेको हो ।

वर्तमान समयका लागि स्मार्ट युवाहरुलाई लक्षित गरी नयाँ संस्करण सार्वजनिक गर्न लागिएको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपककुमार अग्रवालले जानकारी दिए ।

उनले भने, ‘रेसिङ डिएनएमा आधारित रहेर निर्माण गरिएको आरटीआर २०० फोर भी अहिलेका आधुनिक युवालाई नै लक्षित गरेको उत्पादन भएको हो,’ । ‘टिभिएसको यो उत्कृष्ट उत्पादन युवाहरुको रोजाईमा पक्कै पर्नेछ।’उनले थपे ।

महामारीको वर्तमान परिस्थितिलाई मध्यनजरमा राख्दै मोटरसाइकलमा भएका स्मार्ट सुविधा राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै पहिलो पटक लाइभ स्मार्टमार्फत लन्च गर्न लागिएको जनाएको छ ।

कम्पनीका अनुसार आगामी सोमवार जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजलगायत अन्य १ सय भन्दा बढी चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने र उक्त कार्यक्रम एउटा खुल्ला सहभागितामूलक समारोह हुनेछ ।

जसमा कम्पनीले उपलब्ध गराउने लिंक (https://www.facebook.com/jmtvs/live) को माध्यमबाट इच्छुक व्यक्तिहरुले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उक्त लाइभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण गर्न लागेका हुन् । साथै मोटरसाइकल लन्चपछि चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति दिने समेत कम्पनीले जनाएको छ ।

के के छन् विषेशता ?

नयाँ संस्करणमा सार्वजनिक गरिएको टीभीएस आरटीआर २०० फोर भीका चालकले आफ्नो मोबाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन्। यसमा एलसिडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि त्यही हेर्न सकिने कम्पनीको दावी रहेको छ ।

त्यस्तै सवारी चालकले यसमा टप स्पिड मोडको प्रयोगबाट आफ्नो उच्च गति रेकर्ड गर्न सक्ने छन्। चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पिड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पिड डिस्प्लेमा पनि सुविधा रहेको छ ।

कम्पनीका अनुसार मोटरसाइकलमा ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेका छन्। जसका कारण मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपिएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिनेछ। तीनै विशेषताको कारण नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न सहयोग पुग्ने कम्पनीको दावी रहेको छ ।

त्यतिमात्र नभएर कम्पनीले उक्त मोटरसाइकलमा ०–६० रेकर्ड इन्डिकेटर समेत समावेश गरेको छ। उक्त इन्डिकेटरले ० देखि ६० को स्पिड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ। त्यसैगरि नयाँ आरटिआर २०० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपिएम अर्लट, एबिएस इन्डिकेटरलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।

यदि कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनामा पर्दा क्रयास अलर्टको मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना आफूले सेट गरेको नम्बरमा जाने विषेशता समेत रहेको कम्पनीले जनाएको छ ।

साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखाउने व्यवस्था मिलाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?