काठमाडौं । जितसँगै इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । आईतवार राति युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले पराजित गर्दै इन्टर फाईनलमा प्रवेश गरेको हो ।
इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई दुई गोल गरे । ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे । इन्टर १० औं पटक युरोपियन प्रतियोगिताको फाईनल प्रवेश गरेको छ।
सिरि ए क्लब इन्टरले अब उपाधिका लागि शुक्रबार सेभियासँग भिड्ने छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया