लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गरेको छ । बार्सिलोनाले सोमबार मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको जनाएको हो ।

बार्सिलोनाले नयाँ प्रशिक्षक केहि दिनमा घोषणा गर्ने समेत जनाएको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको हो ।

पोर्चुगलको लिस्बनमा गत शुक्रबार राति बार्सिलोना बायर्नसँग ८-२ गोल अन्तरले पराजित भएको थियो । बार्सिलोनाले गत जनवरीमा सेटिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

अर्नेस्टो भालभर्डे बर्खास्त गर्दै बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई टिमको जिम्मेवारी दिएको थियो । तर, बार्सिलोनाले खराब प्रदर्शन गरेपछि सेटिन ७ महिनामै बर्खास्तमा परेका हुन् ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?