काठमाडौं । अमेरिकामा पहिलोपटक मिंकमा कोरोना भाइरसको संक्रमण पाइएको छ । यो भन्दा पहिला यूरोपीय देशमा मात्र मिंकमा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।
मिंकमा कोरोना भाइरसको संक्रमण उटाहका दुई ठूला फार्ममा पाइएको हो । अहिले अमेरिकी कृषि विभागले दुबै फार्म बन्द गरिदिएको छ । किनभने त्यहाँ तीव्र गतिले मिंकको मृत्यु भईरहेको थियो ।

यी फार्म्समा काम गर्ने केहि कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ । संक्रमित मानिसबाट जनावरमा कोरोना भाइरस संक्रमण फैलिएको बताइएको छ । तर कसरी मिंकमा मानिसबाट कोरोना संक्रमण सर्यो भन्ने बारेमा केहि पत्ता लागेको छैन ।

चाइना ग्लोबल टेलीभिजन नेटवर्कका अनुसार उटाह प्रान्तका जनावरका डाक्टर डीन टेलरले दुबै फार्म्सलाई क्वारेन्टाइन गरिएको बताएका छन् ।

उटाह प्रान्त अमेरिकामा सबैभन्दा धेरै मिंक पाइने प्रान्त हो । वैज्ञानिकहरु भने सबैभन्दा पहिला कोरोना भाइरस चमेरोबाट मानिसमा आएको र पछि मात्र कुकुर र बिरालोलाई संक्रमित बनाएके बताउँछन् ।
Agency: First #US virus cases in mink found at 2 Utah farms https://t.co/3Citj8HSir
— CGTN (@CGTNOfficial) August 18, 2020
नेदरल्याण्ड्स, डेनमार्क, स्पेनमा मिंकमा कोरोना संक्रमण भईसकेको छ । तर अमेरिकामा कसरी भयो भन्ने बारेमा अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन । जसका कारण वैज्ञानिक हैरान भएका छन् ।

नेदरल्याण्ड्समा १० लाख भन्दा धेरै मिंक मारिएको थियो, किनभने कोरोना भाइरसको संक्रमण धेरै नफैलियोस् । तर अहिले उटाहमा भने केहि त्यस्तो प्लान बनिसकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया