स्वास्थ्य मन्त्रालयले सघन उपचार कक्ष (आईसीयू) मा उपचार आवश्यक पर्ने कोभिड–१९ संक्रमितमध्ये १–३ प्रतिशतको मृत्यु हुन सक्ने जनाएको छ । आईसीयूमा भर्ना भएका एक सय बिरामीमध्ये एकदेखि तीन जनासम्मको मृत्यु भएकाले मन्त्रालयले यस्तो निष्कर्ष निकालेको हो ।
तर विज्ञहरूले भने यो अनुपात अझै बढ्न सक्ने दाबी गर्दै आएका छन् । आईसीयू, भेन्टिलेटरलगायत अस्पतालमै उपचार गर्नुपर्ने लक्षणसहितका कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेकाले मृत्युदर बढ्ने उनीहरूको आकलन छ । यही अवस्था रहे छिट्टै नै एक सय जना संक्रमितमध्ये ५ जनालाई आईसीयू र
भेन्टिलेटर आवश्यक पर्न सक्ने उनीहरूले चेतावनी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने अस्पताल भर्ना भएका सबैलाई आईसीयू र भेन्टिलेटरमा राख्नु नपर्ने तर्क गर्छन् ।कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया