काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ७४ हजार ९ सय ५१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १९ लाख २४ हजार ४ सय ८० जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ४६ लाख ४६ हजार ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार २ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७३ हजार २ सय ५० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार २ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५५ लाख ७८ हजार ८ सय ७६ पुगेको छ । हालसम्म २९ लाख २८ हजार १ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय ३७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय २२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ ३ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३३ लाख ४३ हजार ९ सय २५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ८ हजार ५४ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २४ लाख ३२ हजार ४ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ७५ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५१ हजार ७ सय ९५ पुगेको छ । बितेको २४ घण्टामा ४३ हजार ५ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २६ लाख ९० हजार ८ सय ३१ पुगेको छ । हालसम्म १९ लाख ६५ हजार ७ सय ९८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ५० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ७ सय ४० पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४० जनामा कोरोना पुष्टि भएको र ५५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख २७ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ३६ हजार १ सय १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ३९ पुगेको छ । हालसम्म ५ लाख ८७ हजार ३ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ७२ हजार ३ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया