प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी नियुक्त

काठमाडौं । नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त भएकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमवार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको हो । दुर्गा भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन् ।

यसअघि काउन्सिलको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?