काठमाडौं । सरकारले उद्धार उडान रद्ध गरेसँगै विभिन्न देशका राजदूतावासहरुले पूर्वनिर्धारित उडान रद्ध गरिएको सूचना निकालेका छन् । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको थियो ।
सीसीएमसीले आगामी भदौ १५ गतेसम्मको लागि विभिन्न देशहरुबाट गरिने उद्धार उडान सार्वजनिक गरेको थियो । तर उद्धार उडान स्थगन भएसँगै सीसीएमसीले तय गरेको पूर्वनिर्धारित उडानहरु रोकिएका छन् ।
खासगरी होटल क्वारेन्टाइन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीको अनुरोध गरेको हो ।
यस अघि विभिन्न मुलुकबाट नेपाल सरकारले जारी गरेको प्रोटोकलका आधारमा राजदूतावासले समन्वय गरी नेपालीहरुको उद्धार गरिरहेको थियो ।
यता सरकारले उद्धार उडानहरु स्थगित गरेपछि कतार, साउदी अरब, मलेसिया लगायत देशहरुमा रहेका नेपाली दूतावसहरुले सूचना जारी गर्दै उद्धार उडान स्थगत गरेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया