नेपालमा खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको छ । राखेपले सोमवार एक विज्ञप्ति जारी गर्दै कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

राखेपले अर्को सूचना नआएसम्मको लागि खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको जनाएको छ ।

यस्तै राखेपले परिषदबाट सम्पादन हुने अत्यन्त जरुरी काम बाहेक सबै कामहरु समेत बन्द गरिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?