प्रसिद्ध शास्त्रीय गायक पण्डित जसराजको निधन

काठमाडौं । शास्त्री संगीतका प्रसिद्ध गायक पण्डित जसराजको निधन भएको छ । मेवाती घरानेका पण्डित जसराजको सोमवार अमेरिकामा निधन भएको हो ।

९० वर्षका जसराजको अमेरिका स्थित न्यूजर्सीमा निधन भएको हो । उनको ५ बजेर १५ मिनेटमा निधन भएको हो ।

२८ जनवरी १९३० मा जन्मिएका पण्डित जसराजले भारतीय शास्त्रीय संगीतलाई नयाँ उचाई दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?