काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा काठमाडौंका १३९, भक्तपुरका १४ र ललितपुरका १५ जना रहेका छन् । त्यस्तै काठमाडौंमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी एक ५८ वर्षीया महिला रहेकी छन् ।
मन्त्रालयका अनुसार ए पी एफमा गरिएको स्वाब परीक्षणमाकाठमाडौंका ६ जना, विद ल्याब ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ६ जना, भक्तपुरका १ जना र ललितपुरका १ जना, वीर अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ जना, धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १६ जना र भक्तपुरका ३ जना, के एम सी अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, ललितपुरका १ जना र भक्तपुरका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना, ललितपुरका ३ जना र भक्तपुरका १ जना, प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, श्री वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जना, सोरिया अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका १ जना, स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जना, भक्तपुरका २ जना र ललितपुरका ३ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना, ललितपुरका ४ जना र भक्तपुरका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १७ जना र ललितपुरका १ जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ९ जना, ललितपुरका २ जना र भक्तपुरका २ जनामा गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच नेपालमा आज (सोमवार) थप ५८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।
नेपालमा हिजो (आईतवार) ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया