काठमाडौं । ललितपुरमा पछिल्लो २४ घण्टामा १५ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार विद ल्याब ललितपुरमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, के एम सी अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा ललितपुरका ३ जना, स्टार अस्पताल सानेपामा गरिएको स्वाब परीक्षणमा ललितपुरका ३ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा ललितपुरका ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका २ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका २ जनामा गरि पछिल्लो २४ घण्टामा ललितपुरमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच नेपालमा आज (सोमवार) थप ५८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।
नेपालमा हिजो (आईतवार) ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया