बढ्यो जोखिम : सोमवार काठमाडौंमा थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा १३९ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार ए पी एफमा गरिएको स्वाब परीक्षणमाकाठमाडौंका ६ जना, विद ल्याब ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ६ जना, वीर अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ जना, धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १६ जना , के एम सी अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना, प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, श्री वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जना, सोरिया अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १७ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ९ जनामा गरि पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच नेपालमा आज (सोमवार) थप ५८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?