हालसम्म ६४ प्रतिशत कोरोना संक्रमित निको, कुन प्रदेशका कति ?

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २ अर्थात १७ हजार ४ सय ९५ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ रहेको छ । हालसम्म १ सय ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण मुक्त हुनेको प्रादेशीक विवरण

प्रदेश नं १ मा १ हजार १ सय १२ जना

प्रदेश नं २ मा ३ हजार ७ सय १० जना

बाग्मती प्रदेशमा ७ सय २ जना

गण्डकी प्रदेशमा १ हजार ५ सय ३२ जना

प्रदेश नं ५ मा ४ हजार २ सय ८९ जना

कर्णाली प्रदेशमा १ हजार ९ सय ४३ जना

सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?