काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरस अहिलेसम्म विश्वका २१३ वटा देशमा पुगिसकेको छ ।

नेपालमा पनि दिनप्रतिदिन कोरोनाको जोखिम बढ्दे गईरहेका छन् । दिनहुँ ५ सयको हाराहारीमा संक्रमितहरु थपिरहेका छन् ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसका कारण १ सय भन्दा धेरैले ज्यान गुमाएक छन् । कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच अमेरिकाका महामारी विशेषज्ञ एन्थोनी फाउसीले थोरै काम गर्ने औषधिले पनि कोरोना भगाउने दाबी गरेका छन् ।

उनले एक अन्तर्वार्ताका क्रममा प्रभावशाली भ्याक्सीनको आशा कमै रहेको त र सामान्य काम गर्ने भ्याक्सीनले पनि कोरोना संक्रमण ठीक हुने बताएका हुन् ।

प्रभावशाली भ्याक्सीनको ठाउँमा त्यसको आधा प्रभाववाला भ्याक्सीन पाइएमा पनि आउने वर्षमा हामी सामान्य हुन सक्ने उनले बताएका हुन् ।

उनले प्रभावशाली भ्याक्सीन बन्ने सम्भावना ९० प्रीतशत नरहेको समेत बताएका छन् । तर यो स्थितीमा ५० ६० प्रतिशत काम गर्ने भ्याक्सीन बनेमा पनि महामारुबिाट बच्न सकिनेछ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया