कोरोनाको कारण थप १ जनाको मृत्यु

जनकपुर । धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुष रहेका छन् ।

उनको प्रादेशिक अस्पताल जनकपुरको कोभिड १९ विशेषको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोनाको कारण १ सय ४ जनाको मृत्यु भइसकेको छ । त्यसपश्चात देशका विभिन्न ठाँउमा कोरोनाको कारण मृत्यु भएका छन् । यद्यपी त्यसलाई भने मन्त्रालयले आधिकारीक रुपमा जानकारी दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?