११ चैत्र २०७९, शनिवार

राष्ट्रसंघका महासचिव गुटेर्रेस्द्वारा नेपालको निर्वाचनको प्रशंसा

२०७४,आश्विन,८,आईतवार ०४:४१

0
Shares

भीष्मराज ओझा / न्यूयोर्क, ८ असोज।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रशंसा गर्दै आगामी दिनमा हुने अन्य निर्वाचन सफलताका लागिसमेत शुभकामना दिएका छन ।प्रधानमन्त्री शेरबहादुर देउवा र महासचिव गुटेर्रेस्बीच आज भएको उच्चस्तरीय भेटवार्तामा महासचिव गुटेर्रेस्ले नेपालमा लोकतन्त्रको संस्थागत विकास प्रक्रियाप्रति खुशी व्यक्त गरेको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालमा संविधान जारी भएपछि सबै दलको सहभागितामा उत्साहपूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुने चरणमा रहेको अवगत गराएका थिए ।सो अवसरमा प्रधानमन्त्री देउवाले महासचिव गुटेर्रेस्लाई नेपालमा समावेशी लोकतन्त्रअन्तर्गत महिला, आदिवासी, जनजाति, पिछडिएका वर्ग, अल्पसंख्यकलगायत सबैको समावेशीता सुनिश्चित भएको बताएका थिए । प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुगेको बारेमा समेत उनलाई जानकारी गराएक थिए ।महासचिव गुटेर्रेस्ले नेपालमा हालै गएको बाढी पहिरोबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गरेको भेटवार्तामा सहभागी परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए । भेटमा महासचिव गुटेर्रेस्ले नेपालले विश्व शान्तिका लागि नेपाली सेना पठाएर गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोगका लागि गरेको आग्रहलाई महासचिव गुटेर्रेस्ले सकारात्मक लिएका थिए । प्रधानमन्त्री देउवाले नेपालले शान्ति सेनामा पु¥याएको योगदानका आधारमा शान्ति सेनाको उपल्लो पद पाउनुपर्ने विषयमा समेत कुरा राखेका थिए ।राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री देउवाले महासभालाई सम्बोधन गरेपछि महासचिव गुटेर्रेस्सँग भेटवार्ता गरेका हुन । 

प्रकाशित मिति: २०७४,आश्विन,८,आईतवार ०४:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११