आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो ।
पार्टी केन्द्रीय समितिको आगामी बैठकले महाधिवेशन २०७८ भदौमा सार्ने निर्णय गर्ने एक पदाधिकारीले बताए । ‘कोरोना भाइरस संक्रमण बढ्दै गएमा भदौमा पनि महाधिवेशन गर्न कठिन हुन सक्छ,’ ती पदाधिकारीले भने, ‘अहिलेको अवस्थामा भदौभन्दा पहिला महाधिवेशन सम्भव छैन ।’
पार्टी विधानको व्यवस्थाअनुसार फागुनमै महाधिवेशन गर्नुपर्ने भए पनि संवैधानिक व्यवस्थाअनुसार थप ६ महिना समय लिन सकिने प्रस्ट्याउँदै ती पदाधिकारीले थपे, ‘यसअघि पनि सोही व्यवस्थाका आधारमा १३औं महाधिवेशन साढे पाँच वर्षमा भएको थियो । अहिले कोरोना भाइरसको जोखिमका कारण फेरि त्यही अवस्था आउने देखिएको छ ।’ नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया