कोरोना संक्रमितले आफूलाई संक्रमण रहेको औपचारिक सूचना निकै ढिला मात्रै प्राप्त गर्ने गरेको देखिएको छ । शंका लागेर कोरोना परीक्षण गराएकामध्ये रिपोर्ट नेगेटिभ आएकाले तत्काल खबर प्राप्त गर्ने भए पनि रिपोर्ट पोजिटिभ आएकाले भने केही दिनपछि मात्रै औपचारिक जानकारी पाउने गरेका छन् ।
केही संक्रमितका अनुसार उनीहरूले आफ्नो
रिपोर्ट पोजिटिभ आएको सूचना परीक्षण गराएको थोरैमा पनि ३र४ दिनपछि मात्रै प्राप्त गरेको दाबी गरेका छन् ।
यस्तै केही संक्रमितलाई भने रिपोर्ट पोजिटिभ आएको १० दिनसम्म पनि कहीं, कतैबाट औपचारिक जानकारी नगराइएको समेत भेटिएको छ । संक्रमितहरूले आफ्नो रिपोर्ट समयमा थाहा नपाउने त छँदै छ, उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा समेत सम्बन्धित संस्थाहरू उदासीन रहेको देखिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया