काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ७१ हजार ३१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १७ लाख ३१ हजार १ सय १२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ४४ लाख ६८ हजार २ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ४ सय १९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७२ हजार ८ सय ४० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५५ लाख ४२ हजार ४ सय २१ पुगेको छ । हालसम्म २८ लाख ६ हजार ५ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार १ सय ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ३४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २ हजार १३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमित संख्या ३३ लाख १९ हजार ८ सय ४५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ७ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २४ लाख ४ हजार २ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५१ हजार २५ पुगेको छ । बितेको २४ घण्टामा ५७ हजार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २६ लाख ४६ हजार ५ सय ३ पुगेको छ । हालसम्म १९ लाख १७ हजार ४ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ४१ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ६ सय ५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ९ सय ६९ जनामा कोरोना पुष्टि भएको र ६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख २२ हजार ८ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ३२ हजार ९ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ७७ पुगेको छ । हालसम्म ५ लाख ८३ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ६६ हजार ९ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया