सहायक रथी प्रयोग जबरासहित १० सैनिक अधिकारी कारबाहीमा

काठमाडौं । नेपाली सेनाले सम्पती र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा १० सैनिक अधिकारीहरुलाई कारवाही गरेको छ ।

आइतवार समरी जनरल सैनिक अदालत पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा “सम्पती तथा आचरण सम्बन्धी कसूर समेत गरेको” अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका कार्यरत तथा अवकाशप्राप्तहरुलाई कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा सहायक रथी प्रयोग जबरा महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुलाल विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने निर्णय गरेको छ ।

त्यस्तै अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे(अवकाशप्राप्त) लाई सफाई दिने फैसला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?