काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शव फेला पारिएको छ ।
सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए । उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यको लागि सो पहिरो गए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिएको थियो ।
उक्त पहिरोमा परी बेपत्ता रहेकाहरुको खोजी तथा उद्धार कार्यमा एपीएफ टोली सकृयकाता साथ जुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया