काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ३४ जनामा कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ रहेको छ ।
कुल संक्रमित मध्ये ६५ प्रतिशत संक्रमित कोरोना संक्मण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कुन प्रदेशमा कति भए संक्रमण मुक्त ?
प्रदेश १ मा ११०८जना
प्रदेश २ मा ३६१२ जना
वाग्मती प्रदेश ६५४ जना
गण्डकी प्रदेशमा १५२८ जना
प्रदेश ५ मा ४२८८ जना
कर्णाली प्रदेशमा १९३८ जना
सुदूरपश्चिम प्रदेशमा ४२०७ जना
नेपालमा आज (आईतवार) थप ६४१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया