काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमै ग्रस्त छ ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।
यस बेला मानिसहरु वाक्क दिक्क भएका छन् । साथै कोरोनाविरुद्धको भ्याक्सीनको पखाईमा बसिरहेका छन् । सामान्य जनजीवनमा फर्किनको लागि आत्तुर भएका छन् ।

यसैबीच रुसले गत मंगलवार विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका हुन् ।

उनले आफ्नी छोरुीले समेत उक्त भ्याक्सीन लगाएको बताएका छन् । योसँगै रुसलाई कोरोनाविरुद्धको भ्याक्सीनको डोज बनाउन धेरै अर्डर आईरहेको बताइएको छ ।

अमेरिकासहित विभिन्न देशहरुले रुस सफल हुने आश गरिरहेका छन् । तर केहि वैज्ञानिकहरु र विश्व स्वास्थ्य संगठनले भने रुसको यो भ्याक्सीनले काम गर्छ भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

उनीहरुले रुसको यो भ्याक्सीनको ट्रायलको पुरा विवरण नआईसकेकोले केहि भन्न सकिने अवस्था नरहेको बताएका हुन् ।

स्पुटनिक भी नामको रुसी भ्याक्सीन सफल हुनेमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वास लिएका छन् । तर यो उपलब्धीलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मापदण्ड पूरा नभएको र ट्रायलको पुरा जानकारी नआएकोले भनिहाल्न सक्ने अवस्था नरहेको बताएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया