काठमाडौं । एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ ।
महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक डीआईजीमा कोरोना पुष्टि भएको हो ।
केही दिन स्वाब संकलन गरी कोरोना परीक्षणका गरिएको उनको शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले बताए ।
नेपालमा पछिल्लो समय प्रहरीहरुमा कोरोना संक्रमण बढी मात्रामा देखिन थालेको छ ।
कडायतका अनुसार आइतवार (आज) बिहान १० बजेसम्म ६२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै हालसम्म संक्रमितमध्ये २४० जना निको भएको र अन्य संक्रमित सबै प्रहरीको अवस्था सामान्य रहेको कडायतले बताए ।
हालसम्म प्रहरीमा देखिएकोमध्ये सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । भने कोरोना मुक्त हुने प्रहरीको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भएको स्रोतको दावी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया