काठमाडौं । रुसले शनिवार शनिवार आफूले कोरोनाविरुद्धको भ्याक्सीनको पहिलो खेप उत्पादन गरेको दाबी गरेको छ ।

यो भन्दा अगाडि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका थिए ।

साथै उनले उक्त भ्याक्सीन छोरीलाई पनि प्रयोग गरेको बताएका थिए ।

रुसले उक्त भ्याक्सीन बनाए पछि विभिन्न देशहरुले ५ अर्ब भन्दा धेरै डोज उत्पादन गरिदिन आग्रह गरेका छन् । कतिपय देशहरुले किन्न समेत थालिसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रुसले बनाएको उक्त भ्याक्सीनले काम गर्नेमा विश्वस्त रहेको बताएका थिए ।

रुसको स्वास्थ्य मन्त्रालय र गामलेया रिसर्च इन्स्टीट्यूटको तर्फबाट बनाइएको भ्याक्सीनको पहिलो ब्याचको उत्पादन पुरा गरेको छ ।
रुसले यो भन्दा पहिला नै ब्यापारिक रुपमा भने सेप्टेम्बरबाट उत्पादन शुरु गर्ने बताएको छ ।
![]()
डिसेम्बर र जनवरी देखि भने रुसले हरेक महिना ५० लाख भ्याक्सीन उत्पादन गर्न सक्ने बताएको छ ।
![]()
शुरुमा उक्त भ्याक्सीन शिक्षक र डाक्टरहरुलाई दिइने रुसले बताएको छ । रुससँग् स्पुटनिक भी किन्न २० देशहरुले रुची देखाएका छन् ।
![]()
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ७ लाख ७३ हजार ३२ जनाको मृत्यु भएको छ भने २ करोड १८ लाख २४ हजार ८०७ जनालाई संक्रमण भएको छ।
![]()
१ करोड ४५ लाख ५८ हजार ३२८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ३२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया