सिटीको च्याम्पियन्स लिगको यात्रामा पुर्णविराम !

काठमाडौं । लियोनसँग स्तब्ध हुँदै म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलबाट बाहिरिएको छ । शनिबार राति भएको क्वार्टरफाईनलको खेलमा लियोनले सिटीलाई ३–१ गोलले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको २४ औं मिनेटमा म्यासवेल कोर्नेटको गोलमा लियोनले सुरुवाती अग्रता दिलाएका थिए । केभिन डी ब्रुईनले ६९ औ मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए पनि सिटीलाई जित दिलाउन भने सकेनन् ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेम्बेलेले लियोनलाई जित दिलाउने काम गरे । सेल्टिकका पूर्व फरवार्ड डेम्बेले खेल सकिन ११ मिनेट अघि लियोनलाई २–१ ले अघि बढाए ।

खेल सकिन तीन मिनेट अघि डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई शानदार जित दिलाए । लियोनले अब सेमिफाईनलमा जमर्न क्लब बायर्न म्युनिखसँग भिड्ने छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?