काठमाडौं । रुसले संसारमै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलवार रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका हुन् ।

साथै उनले आफ्नी छोरीले पनि लगाएको बताएका हुन् । स्पुटनिक भी नामको रुसी भ्याक्सीन अमेरिकासहित विभिन्न देशहरुले भरोसा गरेका छन् ।

रशियन डिफेन्स मिनिस्ट्री र गामालेया रिसर्च इन्स्टीट्यूटद्वारा विकसित गरिएको यो भ्याक्सीन दुई वर्षसम्म कोरोनाबाट बचाउन सक्षम रहेको रुसले दाबी गरेको छ ।

भियतनामको एक लोकल पत्रिकाको रिपोर्टका अनुसार शुक्रवार भियतनामले यस भ्याक्सीन किन्ने रजिस्ट्रेशन गरेको छ ।

भियतनाम शुरुवातमा यो भ्याक्सीन ५० देखि १५० मिलियन डोजसम्म किन्न सक्ने बताएको छ । इजरायलको हेल्थ मिनिस्ट्रीले पनि यो भ्याक्सीन किन्ने फैसला गरेको बताएको छ ।

साथै फिलिपिन्सले पनि भ्याक्सीन किन्ने बताएको छ । फिलिपिन्समा त क्लिनीकल ट्रायल पनि शुरु गर्ने बताएको छ ।

यो ट्रायल अक्टोबरबाट शुरु हुनेछ ।
एजेन्सीको सहयोगमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया