काठमाडौं । कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतको सवारीचालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती चालकमा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा रहेका र कांग्रेस नेता महतसँगै उनको सम्पर्कमा रहेका अन्य जोखिममा रहेका छन् ।
केही दिनअघि महतको सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित जोखिममा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा चालकमा पुष्टि भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार चालकमा कोरोना देखिएसँगै कांग्रेसका विभिन्न बैठकमा सहभागी भएका महत जोखिममा परेका हुन् । उनको पनि स्वाब संकलन भएको बताइएको छ।
महतको चालकमा कोरोना देखिएसँगै कांग्रेसका अन्य नेताहरुसँग पनि महतको भेट भएकाले उनीहरु पनि जोखिममा रहेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया