आफूहरू कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेको भनेर बारम्बार जानकारी गराउँदा पनि पीसीआर परीक्षण नभएपछि बुधबार एउटा समूह टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यो ।
समूहमा रहेकाहरूले सक्दो छिटो परीक्षण गरिदिन माग राखे । अस्पताल प्रशासनले भने उनीहरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाइदियो । उनीहरूको कुरा सुनिसकेपछि ईडीसीडीका ल्याब टेक्निसियन डबल बीसीले भने, ‘कन्ट्याक्ट ट्रेसिङ स्थानीय तहले गर्छ, उतै जानुस् ।’
संक्रमितको सम्पर्कमा रहेकाहरूले पीसीआर परीक्षणको माग गरिरहेका बेला ईडीसीडीका कर्मचारी भने मन्त्री निवास पुल्चोकमा स्वाब संकलन गरिरहेका थिए ।
सर्वसाधारणको खासै पहुँच नहुने मन्त्री निवासमा त्यस दिन २ सय ३८ जनाको स्वाब संकलन गरिएको थियो । ‘जसको पीसीआर नगरी नहुने छ । उनीहरूलाई ध्यान दिइएन,’ काठमाडौं महानगरका एक कर्मचारीले भने, ‘पीसीआर गराउने राज्य संयन्त्र शक्तिमा रहेका व्यक्तिको पछिपछि दौडिरहेको छ ।’ कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया